गण्डकीमा भागबन्डा: २ मन्त्रालय थप्ने, मनाङे र फडिन्द्रलाई नफ्याक्ने

पाेखरा | भदौ १६, २०८१

गण्डकीमा भागबन्डा: २ मन्त्रालय थप्ने, मनाङे र फडिन्द्रलाई नफ्याक्ने

पोखरा:   गण्डकी प्रदेशमा २ मन्त्रालय थपिने भएको छ ।

 

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अहिले भएको मन्त्रालयलाई टुक्राएर ९ मन्त्रालय बनाइने पत्रकार सम्मेलन गर्दैजानकारी दिए ।

 

उनका अनुसार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयलाई छुट्याएर उद्योग पर्यटन र वन तथा वातावरण मन्त्रालय बनाइएको छ । भने, यसअघि रहेको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई अलग–अलग गरिएको छ । 

 

मुख्यमन्त्री पाण्डेका अनुसार आज (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले सात मन्त्रालयबाट दुई मन्त्रालय थपेर ९ मन्त्रालय बनाउने निर्णय गरेको हो । 

 

गण्डकीमा स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) र नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटापनि निरन्तरता दिनकै लागि मन्त्रालय थपेको मुख्यमन्त्री पाण्डेले संकेत गरे । 

 

उनले यसअघि पनि आफुलाई संकट परेको बेला सहयोग गरेको भन्दै नहटाउने धारणा राख्दै आएका थिए ।

 

उनका अनुसार ति दुईजनालाई कांग्रेसकै कोटाबाट मन्त्री बनाउने सहमति जुटेको छ ।

 

यता नेकपा एमालेले भने मन्त्री कसलाई बनाउने भन्दै कसरत थालेको छ ।

 

६० सदस्यीय गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका २७ र एमालेका २२ सांसद छन् ।

 

स्वतन्त्र सांसद र नेसपा सांसद पनि मन्त्रीमा निरन्तर हुने भएपछि पाण्डे सरकारलाई ५१ संसद्को समर्थन हुने देखिएको छ ।

 

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सँग सभामुखसहित ७ सांसद छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका २ सांसद छन् । 

पोखरा ।    पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ ।   पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...

थप पढ्नुहोस्

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्